लगातार ३ दिन घट्यो सुनको भाउ, आज ताेलाकाे कति ?
प्रकाशित मिति: सोमबार, चैत्र ११, २०८१ | १३:१०:४६
चितवन, ११ चैत । नेपाली बजारमा सोमबार सुनको मूल्यमा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको हो।
यसअघि आइतबार पनि सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेको थियो । गत शुक्रबार सुन तोलामा १ हजार रुपैयाँले घटेको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, चैत्र ११, २०८१ |
१३:१०:४६
947