सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति पुग्यो ?
प्रकाशित मिति: बुधबार, चैत्र १३, २०८१ | १३:२२:०१
चितवन, १३ चैत । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।
२ सय रुपैयाँले बढेर आज प्रतितोला १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघका जनाएको छ ।
मंगलबार तोलामा १ लाख ७३ हजार ३०० रुपैयाँमा कायम भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १० रुपैयाँले बढेर १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि मंगलबार तोलामा १ हजार ९ सय ८० रुपैयाँमा कायम भएको थियो ।
प्रकाशित मिति : बुधबार, चैत्र १३, २०८१ |
१३:२२:०१
2421

















