घट्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: शुक्रबार, चैत्र २२, २०८१ | ११:१५:१२
चितवन, २२ चैत । आज बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७६ हजार ४ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि १२५ रुपैयाँले घटेर १८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०८१ |
११:१५:१२
881