सुनको भाउ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: सोमबार, चैत्र २५, २०८१ | १४:२५:१०
चितवन, २५ चैत । आज सुनको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ सोमबार तोलाकै ७ सय रूपैयाँले घटेको छ।
साताको पहिलो दिन अचानक १९ सयले घटेको छापावाल सुन आज पनि तोलामा ७ सयले घटेर एक लाख ७३ हजार ८ सय कायम हुन पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी तोलामा भने ३० रुपैयाँले बढेको छ।
आइतवार १८ सयमा कारोबार भएको सुन तोलामा १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित मिति : सोमबार, चैत्र २५, २०८१ |
१४:२५:१०
2949


















