मंगलबार कति छ सुनकाे भाउ ?
प्रकाशित मिति: मंगलबार, चैत्र २६, २०८१ | १३:४७:१४
चितवन, २६ चैत । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ७३ हजार ४०० रुपैयाँ कायम छ । यसअघि सोमबार (चैत २५) छापावाल सुन प्रतितोला एक लाख ७३ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
यता चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी प्रतितोला एक हजार ८३० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति : मंगलबार, चैत्र २६, २०८१ |
१३:४७:१४
3015














