भरतपुरमा खुल्यो दिपलको शोरुम
चितवन, २८ चैत्र । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएड डब्लु वृद्धिले चितवनमा दिपल ब्राण्डको इभी कारको विक्रीवितरण सुरु गरेको छ ।
चितवनमा नयाँ शोरुम खोलेर एमएडब्लु वृद्धिले विहीवारदेखि विक्रीवितरण सुरु गरेको हो । शो रुमको विहीवारनै एक कार्यक्रमका बीच उद्घाटन समेत गरिएको छ ।
शोरुम उद्घाटन पूर्व बुधवार साँझ आयोजना गरिएको एक विशेष कार्यक्रममा उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठ, राजहंस अटोमोबाइलका निर्देशक दिलिप थनेत, एमएडब्लु वृद्धिका कार्यकारी निर्देशक विवेक सिकारिया लगायतले फ्यूचरिस्टिक डिजायन र कटिंग एज टेक्नोलोजीले भरिएको दिपल एस.०७ एल र दिपल ई०७ लाई सार्वजनिक गर्नुभएको थियो ।
सार्वजनिक कार्यक्रमलाई संवोधनगर्दै उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले चितवनमा इभीगाडीको बजार राम्रो भएको बताउनुभयो । चांगान र अन्य ब्राण्डहरुले विक्री मात्र नभई विक्रीपछिको सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो । सरकारले नीति नियम बनाउँदा वा परिवर्तनगर्दा व्यवसायिहरुलाई दीर्घकालिन रुपमा फाइदा पुग्ने तकिारले बनाउनुपर्ने धारणा व्यक्तगर्नुभयो । पछिल्लो पटक सरकारले परिवर्तन गरेको नीतिले व्यवसायिहरु समस्यामा पर्दै गएको बताउँदै अध्यक्ष श्रेष्ठले व्यसायिहरुको लगानी समेत सुरुक्षितहुनेगरी नीति नियम बनाउन सरकारसँग आफुहरुले माग गर्दै आएको बताउनुभयो ।
नयाँ शोरुम
एमएडब्लु वृद्धिले राजहंस अटोमोबाइल मार्फत चितवनका ग्राहकलाई इन्टेलिजेन्ट र फ्युचरिस्टिक दिपल इभीको फस्ट ह्यान्ड एक्सपिरियन्स दिलाउन नयाँ शोरुम सुरु गरेको हो । चितवनमा नयाँ शोरुम खुलेको अवसर पारेर एमएडब्लु वृद्धिले विहीवारवाट तीनदिनको लागि टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज क्याम्प समेत सुरु गरेको छ । यो अवधिमा चितवनका इभीप्रेमीले दिपलका फ्युचरिस्टिक र इन्टेलिजेन्ट इभीहरु दिपल ई०७, दिपल एस०७, दिपलएस०७ एल र दिपल एल०७को टेस्ट ड्राइभगर्न सकिने व्यवस्था छ ।
नयाँ शोरुम उद्घाटन कार्यक्रममा बोल्दै राजहंस अटोमोबाइलका निर्देशक दिलिप थनेतले इभीको दुनियाँमा दिपलले बेग्लैखालको परिचय बनाएको दावीगर्नुभयो । यसको शाखा चितवनमा सुरुगर्न पाउँदा आफुहरु थप उत्साहित भएको बताउनुभयो । कार्यक्रममा सेन्ट्रल कलेजका प्रिन्सीपल वाइबी पौडेलले अबको समय इभीगाडीको समय रहेको बताउनुभयो । नेपाली हावापानीसँग सुहाउँदो इभी भएकाले आफुलेपनि निकट भविष्यमै इन्धनवाट चल्ने गाडी छाडेर इभीनै लिने तयारी गरेको बताउनुभयो ।