सुनको भाउमा लगातार बृद्धि, आज हालसम्मकै महँगो
प्रकाशित मिति: आइतबार, चैत्र ३१, २०८१ | ११:२६:५८
चितवन, ३१ चैत । दुई दिनमा नौहजार ६ सय रुपैयाँ बढेको सुनको मूल्यले आज फेरि अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको छ।
बिहीबार तोलामा पाँच हजार सातसय र शुक्रबार तोलामा तीन हजार नौसय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो बनेको हो।
आज सुनको मूल्य प्रतितोला एक लाख ८६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार सुनकाे मूल्य एक लाख ८५ हजार रुपैयाँ थियाे।
प्रकाशित मिति : आइतबार, चैत्र ३१, २०८१ |
११:२६:५८
1035