३० अर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
प्रकाशित मिति: आइतबार, बैशाख २८, २०८२ | १४:००:५०
चितवन, २८ वैशाख । नेपाल राष्ट्र बैँकले ३० अर्ब रुपैयाँ तान्ने भएको छ ।
अधिक तरलता समस्या समाधान गर्न निक्षेप संकलन बोलकबोलमार्फत २१ दिन अवधिको सो बराबरको तरलता खिच्न लागिएको हो ।
यसका लागि आज ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्वेयरमार्फत निक्षेप संकलनको बोलकबोल हुने बैंकले जनाएको छ । उक्त निक्षेप संकलनको आजै निष्कासन हुने समेत बैँकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलनको साँवा ब्याज आगामी जेठ १८ गते परिपक्व हुनेछ । यस निक्षेप संकलन केन्द्रीय बैँक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने बैँकले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, बैशाख २८, २०८२ |
१४:००:५०
771