साेमबार कति पुग्याे सुनकाे भाउ ?
प्रकाशित मिति: सोमबार, जेठ ०५, २०८२ | १३:१६:३९
चितवन, ०५ जेठ । साताको दोस्रो दिन सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको हो ।
महासंघकाअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । हिजो सुन प्रतितोला १ लाख ८४ हजार दुई सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
तर, आज चाँदीको मूल्य भने स्थिर नै रहेको छ । चाँदी प्रतितोला हिजो झै आज पनि एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
प्रकाशित मिति : सोमबार, जेठ ०५, २०८२ |
१३:१६:३९
573