आज बढ्याे सुनको भाउ, ताेलाकाे कति पुग्याे ?
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ | ११:४४:५४
चितवन, ११ जेठ । सुनको भाउ बढदा चाँदीको मुल्य भने स्थिर रहेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ४०० रूपैयाँले बढेर आज छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ८०० रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ९० हजार ४०० रूपैयाँमा कारोबार भएको थियो ।
उता, आइतबार चाँदीको मूल्य भने स्थिर रहेकाले अघिल्लो दिन झै आज पनि २ हजार ५ रूपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : आइतबार, जेठ ११, २०८२ |
११:४४:५४
441