इजरायलमा रहेका नेपाली सुरक्षित छन् : परराष्ट्र मन्त्रालय
प्रकाशित मिति: आइतबार, आषाढ ०१, २०८२ | १९:०६:३६
चितवन, ०१ असार । परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको छ । इजरायल र इरानबीच द्वन्द्व चर्किएपछि मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालीहरू सुरक्षित रहेको जानकारी दिएको हो।
‘हाल इसरायलमा करिब ५५०० र इरानमा करिब १२ जना नेपालीहरू रहेको र उहाँहरू सबैजना सुरक्षित रहेको जानकारी प्राप्त भएको छ,’ विज्ञप्तिमा भनिएको छ। परराष्ट्र मन्त्री आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरेर नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्।
नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कता सम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गर्न पनि निर्देशन दिएको छ।
प्रकाशित मिति : आइतबार, आषाढ ०१, २०८२ |
१९:०६:३६
3125



















