एकैदिन २५ सयले घट्यो सुन, आज ताेलाकाे कति ?
प्रकाशित मिति: मंगलबार, आषाढ ०३, २०८२ | १२:३२:४७
चितवन, ०३ असार । आज सुनको मूल्य तोलामा २५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार भने सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेर २ हजार १६० रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०३, २०८२ |
१२:३२:४७
1915


















