मंगलबार घट्याे सेयर बजार
प्रकाशित मिति: मंगलबार, आषाढ ०३, २०८२ | १७:५९:०२
चितवन, ०३ असार । साताको कारोबारको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक ३ दशमलव ९० अंकले घटेर २६५४ दशमलव ७५ को विन्दुमा पुगेको हाे ।
आज ३०६ कम्पनीका ७० हजार ७७ पटकको कारोबारमा एक करोड ६४ लाख ७७५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब ६५ करोड ३२ लाख ४९ हजार ३१२ रुपैयाँ रहेको छ ।
मंगलबार ९९ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ ।
प्रकाशित मिति : मंगलबार, आषाढ ०३, २०८२ |
१७:५९:०२
815