चितवनमा ईभी माइक्रो र बस दुर्घटनामा मृतकको संख्या ७ पुग्यो , २४ घाइते
चितवन, ०७ असार । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ लक्ष्मीनारायण चोक नजिक आज ईभी माइक्रो र बस ठक्करखादा मृत्यु हुनेको संख्या ७ पुगेको छ । आज बिहान करिव सवा १० बजे हेटौंडाबाट नारायणगढतर्फ आउदै गरेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको इभि माइक्रो र धनगढीबाट काँकडभिट्टा तर्फ आउदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नब्बरको बस ठक्कर खाएको हो । दुर्घटना परि माइक्रोमा सवार ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ३ जना पुरुष र ४ जना महिला रहेका छन् । मृतकमध्य एकजना गर्भवती समेत रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर बस र माइक्रो गरेर २४ जना घाइते भएका छन् । घाइतेहरुको भरतपुर स्थित चितवन मेडिकल कलेज र एलाइभ हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनापश्चात् स्थानीयले केहिबेर सडक अवरुद्ध गरेका थिए । सडक बिग्रेको कारण दुर्घटना धेरै भएको भन्दै उनीहरुले सडक तत्काल मर्मत गर्नुपर्ने भन्दै केहिबेर चक्काजाम गरेका हुन् ।
मृतक तथा घाइतेको विवरण
भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको ।
१.जि.मकवानपुर हटिया ३ बस्ने बर्ष ५५ को सोम प्रसाद रुपाखेती,मृत्यु ।
२.जि.मकवानपुर हेटौंडा ५ बस्ने बर्ष ५३ की मैंया कुमारी न्यौपाने पहाडी मृत्यु ।
३.हाल नामथर वतन नखुलेको अं.बर्ष १८/१९ की महिला मृत्यु ।
४.हाल नामथर वतन नखुलेकी अं. बर्ष २४/२५ की महिला मृत्यु ।
५.हाल नामथर वतन नखुलेको अं. बर्ष २२/२३ को पुरुष मृत्यु ।
पुरानो मेडिकल कलेजमा मृत्यु भएको ।
१.नामथर वतन नखुलेकी अं.वर्ष ३०/३५ की गर्भवती महिला महिला १०:५५ बजेको समयमा मृत्यु भएको
२.हाल नामथर वतन नखुलेको अं.वर्ष ३५/४० को पुरुष व्यक्ति, मृत्यु ।
एलाईभ अस्पताल भरतपुरमा उपचार भई रहेको घाईतेहरू;-
१.जि.मकवानपुर हेटौंडा उ.म.न.पा.१३ बस्ने बर्ष १६ को सक्षम थापा,मध्यम ।
२. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.१२ बस्ने बर्ष ३२ को सिंहबिर घलान, मध्यम ।
३. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.४ बस्ने बर्ष ३१ को बिष्णु लम्साल, मध्यम ।
४. जि.मकवानपुर हेटौंडा उ.म.न.पा.८ बस्ने बर्ष ३४ की गंगा घलान,गम्भिर ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरु:
१.जिल्ला झापा गौरादह नपा ९ बस्ने वर्ष अन्दाजी ६५ कि सुशीला बराल नाकमा चोट मध्यम
२. जिल्ला झापा गौरादह न.पा. ९ बस्ने बस्ने वर्ष अं.६७ को उमा बराल सामान्य
३.जिल्ला कञ्चनपुर बेलौरी न.पा.४ बस्ने वर्ष अं. ४८ को वीरबहादुर जैसी, मध्यम ।
४.जिल्ला रुकुम पश्चिम आठबिस्कोट न.पा. ९ बस्ने वर्ष अं. ३० को सन्देश ओली सामान्य ।
नयाँ मेडिकल कलेज भरतपुरमा १६ जना घाईतेको उपचार भई रेहको सवै जनाको अबस्था सामान्य रहेको
१.जिल्ला अछाम साफे बगर न.पा. १० बस्ने वर्ष ३२ को अर्जुन बहादुर राउत, सामान्य ।
२.जिल्ला कैलाली लम्कि चुवा न.पा. ८ बस्ने ४५ को जम बुढा,सामान्य
३.जिल्ला कञ्चनपुर पूरनवास न.पा.६ बस्ने बर्ष ७० की चन्द्रकुमारी थापा, सामान्य ।
४.जिल्ला झापा गौरदह न.पा. ६ बस्ने ७० की टिका न्यौपाने, सामान्य ।
५.जिल्ला कञ्चनपुर पूरनवास न.पा. ६ बस्ने बर्ष ६९ को जम ब. थापा सामान्य ।
६.जिल्ला कैलाली गोरीगगा न.पा. ११ बस्ने वर्ष ३२ को सुरेश बोगटी सामान्य ।
७.जिल्ला कैलाली लम्कीचुवा न.पा. १ बस्ने वर्ष ३७ को लोकेन्द्र बुढा सामान्य ।
८.जिल्ला कैलाली लम्कीचुवा न.पा.१ बस्ने बर्ष ४८ को बल सिंह वुढा सामान्य ।
९.जिल्ला रौतहट चपुर नगरपालिका ७ बस्ने वर्ष ४५ को वुलटन साह कानु सामान्य ।
१०.जिल्ला मकवानपुर बकैया गा.पा. ४ बस्ने वर्ष २६ की अनिसा घिमिरे सामान्य ।
११.जिल्ला कालिकोट पलाता गा.पा. ४ बस्ने वर्ष ५३ को रत्न बुढा, सामान्य ।
१२.जिल्ला झापा दमक नगरपालिका ८ बस्ने बर्ष ८३ की लक्ष्मी पौडेल सामान्य ।
१३.जिल्ला झापा मेचि न.पा. १५ बस्ने बर्ष २३ को प्रवेश सौरेन, सामान्य ।
१४.जिल्ला सप्तरी राजविराज नगरपालिका ५ बस्ने वर्ष ५६ को श्रीचन्द्र राय सामान्य ।
१५.जिल्ला कैलाली गोदावरी न.पा. ४ बस्ने वर्ष ३४ को महेश चौधरी, सामान्य ।
१६.जिल्ला मोरङ बेलबारी नगरपालिका ७ बस्ने वर्ष २७ को सुमन चौधरी सामान्य ।