बढ्यो अन्डाको भाउ
प्रकाशित मिति: बिहिबार, आषाढ १९, २०८२ | २१:१२:४९
चितवन, १९ असार । अन्डाको भाउ शुक्रबारदेखि लागु हुने गरी फेरि बढेको छ ।
नेपाल लेयर्स कुखुरापालक संघले भोलिदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो । संघका अनुसार अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको छ । मूल्य बढेसँगै ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुगेको छ। त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको छ ।
संघका सचिव मदन पोखरेलका अनुसार अन्डा उत्पादन कम भएको र माग बढी भएको हुँदा भाउ बढाउनुपरेको हो ।
प्रकाशित मिति : बिहिबार, आषाढ १९, २०८२ |
२१:१२:४९
2399

















