गाजामा इजरायली आक्रमणबाट खाने कुराको लाइनमा बसेका १५ जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, आषाढ २७, २०८२ | १३:३८:३९
चितवन, २७ असार । इजरायली आक्रमणबाट गाजाको अस्पताल अगाडि पोषणयुक्त खानेकुराका लागि लाइनमा बसिरहेका १५ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
यसरी मारिने मध्य आठ बच्चा तथा दुई महिला समेत छन् । डेयर अल बलाहामा रहेको अल अक्सा सहिद अस्पतालले सार्वजनिक गरेको भिडियोमा बच्चा ढलेको प्रस्ट देख्न सकिन्छ । त्यहाँ सहयोग गरिरहेको अमेरिकाको परियोजना ‘प्रोजेक्ट होप’ ले यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप रहेको जनाएको छ ।
इजरायली सेनाले हमासको सैन्य शक्तिमा लक्षित आक्रमण भए पनि सर्वसाधारणको ज्यान गएकोमा दुःख व्यक्त गरेको छ । त्यहाँ सहयोग गरिरहेको अमेरिकाको परियोजना ‘प्रोजेक्ट होप’ ले यो आक्रमण अन्तर्राष्ट्रिय कानुनको बर्खिलाप रहेको जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २७, २०८२ |
१३:३८:३९
2927



















