चितवनमा टिभीएस जुपिटर ११० स्कुटरको बिक्री शुभारम्भ
चितवन, ३१ असार । चितवनको बजारमा टिभीएसको नयाँ स्कुटर ‘जुपिटर ११०’ को बिक्री शुभारम्भ गरिएको छ । नेपालका लागि टिभीएस ब्राण्डका दुई पाङ्ग्रे सवारीसाधनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले सोमबार साँझ भरतपुरमा भव्य कार्यक्रमको आयोजना गरि ‘जुपिटर ११०’को बिक्री शुभारम्भ गरेको हो ।
नयाँ मोडल तथा विभिन्न १५ वटा नयाँ फिचर्स समावेश गरिएको ११० सिसिको स्कुटर काठमाडौँ, पोखरा र बुटवलपछि भरतपुरमा बिक्री शुभारम्भ गरिएको हो । यस स्कुटरमा सुरक्षा बढाउने रोपेटल डिस्क ब्रेक, इमर्जेन्सी ब्रेक वार्निङ, इन्जिन, अन्डर सिट स्टोरेज लगायतका विशेषताहरु रहेको टिभीएसको भरतपुरका लागि आधिकारिक बिक्रेता मालाश्री मोटर्स प्रालिका प्रबन्ध निर्देशक सरोज अर्यालले जानकारी दिनुभयो । अर्यालले स्कुटरमा माइलेज, प्रदर्शन, आराम, सुविधा, सुरक्षा र प्रविधिको सन्तुलन रहेको बताउनुभयो ।
जुपिटर ११० स्कुटर अत्याधुनिक इन्जिन र यस सेग्मेन्टमै पहिलोपटक प्रयोग गरिएको नवीनतम सुविधाहरुले सुसज्जित भएको अर्यालको भनाइ छ । भरतपुरमा बिक्री शुभरम्भको अवसरमा टिभीएस जुपिटर ११० स्कुटर खरिदकर्ताहरुलाई मालाश्री मोटर्स प्रालिका प्रबन्ध निर्देशक भीमसेन कार्की, सरोज अर्याल, रिकण्डिसन हाउस एशोसियसन चितवनका अध्यक्ष दीपक खड्कालगायतले स्कुटरको चाबी हस्तान्तरण गर्नुभएको थियो । जुपिटर ११० स्कुटरको मूल्य रु दुई लाख ५७ हजार नौ सय रहेको छ ।
चितवनमा पछिल्लो समय टिभीएसका स्कुटर बिक्रीको अवस्था उत्साहप्रद भएको रिकण्डिसन हाउस एशोसियसन चितवनका अध्यक्ष दीपक खड्काले जानकारी दिनुभयो । ‘टिभिएसको इन्जिन राम्रो छ । यसको स्कुटरले अवार्ड समेत जितेको छ,’ उहाँले भन्नुभयो ‘अहिले बजारमा टिभीएसका मोटरसाइकल र स्कुटर सर्वाधिक देख्न सकिन्छ ।’
मालाश्री मोटर्स प्रालिका प्रबन्ध निर्देशक भीमसेन श्रेष्ठले टिभीएस ब्राण्डका दुई पाङ्ग्रे सवारीसाधनको बिक्री गर्दा समेत राम्रो मूल्य पाउने भएकाले ग्राहकहरु आकर्षित भएका बताउनुभयो । ‘हामीले मोटरसाइकल र स्कुटरको एक्सचेन्ज मेला समेत गर्दै आएका छौँ’, उहाँले भन्नुभयो ‘कुनै पनि समयमा हामीले उचित मूल्य दिएर दुई पाङ्ग्रे सवारीसाधन एक्सचेन्ज गर्दछौँ ।’ टिभीएसले मोटरसाइकल र स्कुटर गरी विभिन्न १० भन्दा बढी ब्राण्डका दुई पाङ्ग्रे सवारीसाधन उत्पादन र बिक्री वितरण गर्दै आएको छ ।


















