पाकिस्तानमा २४ घण्टाको भारी मनसुनी वर्षामा ५४ जनाको मृत्यु
प्रकाशित मिति: बिहिबार, साउन ०१, २०८२ | १८:३५:०४
चितवन, ०१ साउन । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भारी मनसुनी वर्षाका कारण ५४ जनाको मृत्यु भएको सरकारको विपद् एजेन्सीले बिहीबार बताएको छ । यो सँगै जुनको अन्त्यमा मनसुनी वर्षाका कारण मृतकको सङ्ख्या करिब एक सय ८० पुगेको छ ।
बुधबार बिहानदेखि पञ्जाब प्रान्तका केही भागमा मुसलधारे वर्षा हुँदा सहरी बाढी निम्त्याएको छ ।
राजधानी इस्लामाबादको छेउमा रहेको रावलपिन्डी सहर हुँदै बग्ने नदी नजिकै बस्ने बासिन्दाहरूलाई पानीको सतहमा तीव्र वृद्धि भएपछि खाली गर्न आदेश दिइएको छ ।
प्रकाशित मिति : बिहिबार, साउन ०१, २०८२ |
१८:३५:०४
2179


























