सुनचाँदीको मूल्य बढ्यो
प्रकाशित मिति: आइतबार, साउन ०४, २०८२ | १३:५७:०७
चितवन, ०४ साउन । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ८ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९३ हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर प्रतितोला २२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, साउन ०४, २०८२ |
१३:५७:०७
1695


















