चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२ | १९:३८:३४
चितवन, १३ साउन । चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज भरतपुर महानगरपालिका– १८ गुन्जनगरका शेरबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको हो । स्थानीय जुना नेपालीको खेतमा पानी तान्ने पम्पमा लागेको आगो निभाउने क्रममा सोही ठाउँका ५० वर्षीय थापा करेन्ट लागेर घाइते भएका थिए।
उनलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रकाशित मिति : मंगलबार, साउन १३, २०८२ |
१९:३८:३४
3807

















