मंगलबार सुनको मूल्य तोलामा १९०० रुपैयाँ बढ्यो
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ | १०:५२:१०
चितवन, २० साउन । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य तोलामा १९०० रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैबीच चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार २५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार २८० रुपैयाँ पुगेको हो ।
प्रकाशित मिति : मंगलबार, साउन २०, २०८२ |
१०:५२:१०
2663


























