धानको न्यूनतम समर्थन मूल्यमा वृद्धि
प्रकाशित मिति: बिहिबार, साउन २९, २०८२ | १४:०५:०४
चितवन, २९ साउन । सरकारले चालु आर्थिक वर्षको लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य तोकेको छ ।
मन्त्रिपरिषद्को बैठकले मोटा धानको ३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टल न्यूनतम समर्थन मूल्य तोकेको हो ।
गत वर्ष वर्षे धानको लागि मोटा धानको ३ हजार ४१० र मध्यम धानको ३ हजार ५८० रुपैयाँ तोकेको थियो । यसअघि सरकारले फागुन २९ गते चैते धानको न्यूनतम समर्थन मूल्य तोकेको थियो ।
प्रकाशित मिति : बिहिबार, साउन २९, २०८२ |
१४:०५:०४
3125















