सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति: आइतबार, भाद्र ०१, २०८२ | १२:३८:१७
चितवन, ०१ भाद्र । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ९५ हजार ५ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर प्रतितोला २३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : आइतबार, भाद्र ०१, २०८२ |
१२:३८:१७
2377


























