सेयर बजारमा सूचक बढे, कारोबार घट्यो
प्रकाशित मिति: मंगलबार, भाद्र ०३, २०८२ | १७:२०:२७
चितवन, ०३ भाद्र । मंगलबार सेयर बजारका सबै सूचक हरियो बनेका छन् । नेप्से, सेन्सिटिभसहित समूहगत सूचकहरूमा वृद्धि देखिएको छ ।
नेप्से परिसूचक अघिल्लो दिनभन्दा ६.५१ अंकले बढ्दै २७७७ मा पुगेको छ । सोमबार नेप्से ९ अंकले उकालो चढेको थियो । आज पनि कारोबारको अन्तिम १५ मिनेटअघि नेप्से ९ अंकले बढेको देखिएको थियो ।
कारोबारको क्रममा दिउँसो साढे १ बजेतिर नेप्से २७९६ अंकसम्म पुगेको थियो, जुन आजको उच्चतम बिन्दु रह्यो ।
तर कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ६ अर्ब १७ करोडको कारोबार भए पनि आज ५ अर्ब ६३ करोडमा सीमित भयो । पछिल्ला दिनयता कारोबार रकम निरन्तर घटिरहेको छ । आज १४२ कम्पनीको मूल्य बढ्दा १०७ कम्पनीको घटेको छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र ०३, २०८२ |
१७:२०:२७
3257















