खैरहनी वडा नम्बर ८ को तिज गित प्रतियोगितामा मिलिजुली टोल प्रथम
चितवन ,४ भदौ । खैरहनी नगरपालिका वडा नम्बर ८ ले आयोजना गरेको तिज गित प्रतियोगितामा मिलिजुली टोल विकास संस्था प्रथम भएको छ । हरितालिका तिजको अवसरमा वडा कार्यालयको आयोजनामा आज भएको तिज गित प्रतियोगिता मिलिजुली टोल प्रथम भएको हो । प्रतियोगितामा नवदुर्गा मगनी टोल विकास द्वितीय भएको छ । लालिगुरास टोल विकासबाट प्रतिनिधित्व गरेको उज्यालो आमा समूह तृतीय हुँदा मगनी टोल र खानेपानी टोल विकासले सान्त्वना स्थान हासिल गरे । प्रतियोगितामा विजेता टोलिलाई खैरहनी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष शंकर कंडेलले प्रमाणपत्र र नगदले पुरस्कृत गरेका थिए ।
प्रतियोगितामा सहभागीहरुले वडामा राम्रो काम भैरहेको , अझै राम्रो होस् भन्दै खुशी भावको गितसंगै समाजमा बढ्दो हत्या, हिंसाको घटनाविरुद्ध आवाज उठान गरेको प्रतियोगिताको निर्णायक मण्डलका संयोजक उल्लासकान्त मैनालीले बताए । उनीहरुले पछिल्लो समय मोबाईल र सामाजिक संजालको लत बसेको विषयमा कटाक्ष गर्दौ युवा पुस्ता विदेशिने परिपाटीले उनका वृद्ध बुवाआमालाई खुशी नमिल्ने विषय उठान गरे । अहिले बुवा आमाको शवले आफ्नो सन्तानलाई कुर्नुपरेको तितो यथार्थलाई समेत सहभागीहरुले आफ्नो गित मार्फत प्रस्तुत गरेका थिए ।
तिज गित प्रतियोगिताको खैरहनी नगरपालिकाका नगर प्रमुख शशी कुमार खनियाले उद्घाटन गरेका थिए । कार्यक्रममा उप प्रमुख कविता उप्रेती , प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद सापकोटा , खैरहनी ८ कि वडा सदस्य वर्षा चौधरी , टोल विकास संस्थाबाट सुस्मा शिवाकोटी लगायतले मन्तव्य राखेका थिए ।

भिडियो


















