सुनको मूल्य तोलामा २ लाख १७ हजार पार
प्रकाशित मिति: मंगलबार, भाद्र ३१, २०८२ | १२:३८:२१
चितवन, ३१ भाद्र । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु २,१५,२०० मा कारोबार भएको सुन आज रु १,९०० ले वृद्धि भई रु २,१७,१०० मा पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि बढ्दै प्रतितोला रु २,५९५ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा रु २० ले बढी हो।
प्रकाशित मिति : मंगलबार, भाद्र ३१, २०८२ |
१२:३८:२१
2927






















