बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: शुक्रबार, आश्विन ०३, २०८२ | १३:०४:२२
चितवन, ०३ आश्विन। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले बढेर दुई लाख १६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।बिहीबार सुन तोलामा दुई लाख १५ हजार दुई सय रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६० रुपैयाँले बढेर दुई हजार ५८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बिहीबार चाँदी दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, आश्विन ०३, २०८२ |
१३:०४:२२
3367
























