बढ्यो सुनचाँदीको मूल्य
प्रकाशित मिति: सोमबार, आश्विन ०६, २०८२ | १०:५५:००
चितवन, ०६ असोज । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख १७ हजार ८ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ३० रुपैयाँले बढेर प्रतितोला २६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, आश्विन ०६, २०८२ |
१०:५५:००
2003
























