२२ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: शुक्रबार, मंसिर १२, २०८२ | १२:३१:०१
चितवन, १२ मंसिर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर दुई लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार सुन तोलामा दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ६५ रुपैयाँले बढेर ३ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी तोलामा ३ हजार २८० रुपैयाँ कायम भएको थियो ।
प्रकाशित मिति : शुक्रबार, मंसिर १२, २०८२ |
१२:३१:०१
815














