आज सुन घट्यो, चाँदी बढ्यो
प्रकाशित मिति: मंगलबार, मंसिर १६, २०८२ | १२:४७:५८
चितवन, १६ मंसिर । अन्तरराष्ट्रिय बजारमा देखिएको उतार–चढाव, मूल्यमा आएको क्रमिक वृद्धि र मागमा भएको परिवर्तनका कारण आज आन्तरिक बजारमा सुनको मूल्य केही घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु २,५३,३०० कायम गरिएको छ। त्यस्तै चाँदीको मूल्य भने बढेर प्रतितोला रु ३,५४५ पुगेको छ।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला रु २,५३,६०० रहेको थियो भने चाँदी प्रतितोला रु ३,५३५ मा कारोबार भएको थियो।
प्रकाशित मिति : मंगलबार, मंसिर १६, २०८२ |
१२:४७:५८
507














