प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक, निर्वाचन तयारीमा छलफल
प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२ | १०:१२:४२
चितवन, १९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक आगामी शुक्रबार अपराह्न चार बजे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्न लागेको छ।
बैठकमा आगामी राष्ट्रियसभा र प्रतिनिधि सभा निर्वाचनको तयारीसम्बन्धी महत्वपूर्ण छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
यस बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन आयोगका पदाधिकारी, र सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनेछन्।
प्रकाशित मिति : शुक्रबार, मंसिर १९, २०८२ |
१०:१२:४२
1255





















