सुनचाँदीको मूल्य घट्यो
प्रकाशित मिति: आइतबार, मंसिर २१, २०८२ | १२:०१:५१
चितवन, २१ मंसिर । शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्यमा घटबढ भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ५२ हजार २ सय निर्धारण भएको छ भने चाँदीको मूल्य ३ हजार ६०५ कायम गरिएको छ।
शुक्रबारको मूल्यमा भने एक तोला सुन २ लाख ५२ हजार ४ सयमा कारोबार भएको थियो, र एक तोला चाँदी ३ हजार ५५५ मा बेचबिखन भइरहेको थियो।
अन्तर्राष्ट्रिय बजारका अनुसार, आज एक औंसे सुनको मूल्य ४ हजार १९८ अमेरिकी डलर र चाँदीको औंसे मूल्य ५८ अमेरिकी डलर रहेको छ।
प्रकाशित मिति : आइतबार, मंसिर २१, २०८२ |
१२:०१:५१
1519






















