सुनको मूल्य घट्यो
प्रकाशित मिति: मंगलबार, मंसिर २३, २०८२ | १२:१३:४१
चितवन, २३ मंसिर । आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा एक हजार रुपैयाँले घटेर दुई लाख ५१ हजार ९०० रुपैयाँ कायम भएको छ । सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, मंसिर २३, २०८२ |
१२:१३:४१
925






















