नेप्सेमा सामान्य गिरावट, सबै समूहमा कमी; रु ३.७३ अर्बको कारोबार
प्रकाशित मिति: बुधबार, मंसिर २४, २०८२ | १७:४०:३९
चितवन, २४ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य रूपमा घटेको छ। नेप्से पाँच दशमलव शून्य तीन प्रतिशतले ओरालो लाग्दै २,६०९․०३ बिन्दुमा बन्द भएको हो।
बजारमा ३२९ कम्पनीका ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर ९१ हजार ३९४ पटक कारोबार भइरहेका बेला कुल कारोबार रकम रु ३ अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ पुगेको नेप्सेले जनाएको छ। आजको कारोबारमा म्युचुअल फण्ड बाहेक सबै समूहका उपसूचकहरू घटेका छन्।
यस बीच स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका शेयरमा सकारात्मक सर्किट लागेको छ। यता झापा इनर्जी लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी, नौ दशमलव ३० प्रतिशतले घटेको नेप्सेले जनाएको छ।
प्रकाशित मिति : बुधबार, मंसिर २४, २०८२ |
१७:४०:३९
771

















