आज सुनचाँदीको मूल्यमा वृद्धि, एक तोला सुन रु २ लाख ५३ हजार १००
प्रकाशित मिति: बिहिबार, मंसिर २५, २०८२ | १३:१८:३६
चितवन, २५ मंसिर । आज बुधबारको तुलनामा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज एक तोला सुनको मूल्य रु २ लाख ५३ हजार १०० र एक तोला चाँदीको मूल्य रु ३ हजार ८०५ निर्धारण गरिएको छ।
बुधबार सुनको मूल्य रु २ लाख ५२ हजार १०० थियो, जबकि चाँदीको मूल्य रु ३ हजार ७५० मा कारोबार भइरहेको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २४२ अमेरिकी डलरमा र त्यति नै परिमाणको चाँदी ६२ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ।
प्रकाशित मिति : बिहिबार, मंसिर २५, २०८२ |
१३:१८:३६
3125

























