सुनको मूल्य हालसम्मकै उच्च, आज कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति: सोमबार, मंसिर २९, २०८२ | १२:३५:३८
चितवन, २९ मंसिर । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा १,९०० रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य ३ हजार ८ सय २५ रुपैयाँमा थियो।
प्रकाशित मिति : सोमबार, मंसिर २९, २०८२ |
१२:३५:३८
3477



















