सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा शुक्रवारवाट चितवन हात्ती तथा पर्यटन महोत्सव २०८२ सुरु भएको छ । क्षैत्रीय होटल संघ चितवन सौराहाले आयोजना गरेको उक्त महोत्सवको बागमति प्रदेशका मुख्यमन्त्री ईन्द्रवहादुर वानियाले उद्घाटन गरेका छन् ।
महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री वानियाले हात्तीको संरक्षण मान्छेले गर्ने भएकाले प्रकृतिको संरक्षणमा अन्यता सोच्न नहुने बताए । प्रदेश सरकार पर्यटन प्रवर्धनमा प्रतिवद्द रहेको भन्दै चितवनको पर्यटन विकासका लागि पूर्वाधार निर्माण र पर्यटनको विविधिकरणमा जोड दिएको बताए । बागमति प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सुर्य श्रेष्ठले ब्यवसायीहरुको समस्या समाधानमा सरकार प्रतिवद्द रहेको बताए ।
कार्यक्रममा बोल्दै बागमति प्रदेश श्रम रोजगार तथा यातायात मन्त्री जयराम थापाले चितवनको पर्यटन सफल बनाउन सवैलाई आग्रह गर्र्दै मेला महोत्सवले पर्यटन प्रवर्धनमा सहयोग पुग्ने धारणा राखे।पर्यटन तथा सस्कृति मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले हात्ती महोत्सवलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताए ।
कार्यक्रममा बोल्दै र्नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीले महोत्सवले सस्कृति र पर्यटनलाई अगाडि बढाउन सहयोग पुगेको बताए । महोत्सवमा हात्तीसग सम्वन्धित गतिविधिहरु सञ्चालन गरिएको छ । महोत्सव मुल समारोह समितिका संयोजक गुणराज थपलियाले हात्ती महोत्सव सफल बनाउन आग्रह गर्दै सौराहा सहित चितवनको पर्यटन प्रबद्धनको लागि महोत्सव आयोजना गरिएको बताए ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले बन्यजन्तु र पर्यटन मैत्री महोत्सव भएको भन्दै हात्तीहरुलाई एकीकृत वासस्थानको माग उठि रहेको र कानुन बनाएरै घरमा पालिएका हात्तीलाई घाँस खान पाउने ब्यवस्था भएको बताए । महोत्सवमा हात्तीको पेनाल्टी, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, हात्तीको स्वास्थ्य परिक्षण लगाएतका कार्यक्रम सञ्चालन हने संघका महासचिव महेश खनालले जानकारी दिए । पुस १३ गते सम्म चल्ने सो महोत्सवमा विभिन्न सास्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिएको छ ।
महोत्सव शुरु हुनु अघि विभिन्न झाकी र हात्ती सहितको र्यालीले सौराहा परिक्रमा गरेको थियो । संघका अध्यक्ष ओमप्रकाश पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पर्यटन व्यवसायी, संरक्षणकर्मी, पत्रकार, हात्तीका माउतेलाई सम्मान गरिएको थियो ।






















