चितवनमा गैँडाको आक्रमणमा ५६ वर्षीय व्यक्तिको मृत्यु
प्रकाशित मिति: मंगलबार, पौष २२, २०८२ | १७:०५:०४
चितवन, २२ पुष । चितवनमा गैँडाको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ।
सोमबार अपराह्न, चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोलमा घाँसदाउरा काट्न गएका ५६ वर्षीय बाबुकाजी क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार, बाबुकाजी क्षेत्रीको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
प्रकाशित मिति : मंगलबार, पौष २२, २०८२ |
१७:०५:०४
837






















