नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि बन्दसत्रमा प्रवेश
प्रकाशित मिति: सोमबार, पौष २८, २०८२ | ९:२२:०७
चितवन, २८ पुष । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र आजदेखि सुरु हुँदैछ।
भृकुटीमण्डपमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशन आज बिहान १० बजेदेखि बन्दसत्र चरणमा प्रवेश गर्न लागेको हो। बन्दसत्रअघि बिहान ८ बजेदेखि महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया पुनः सुरु गरिएको छ। उद्घाटन सत्र सम्पन्न भएपछि आइतबार रातिबाट दर्ता प्रक्रिया स्थगित गरिएको थियो।
आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गराइसकेका छन्, जसअनुसार कुल प्रतिनिधिमध्ये ५६.१२ प्रतिशतको सहभागिता रहेको छ। आज बिहानदेखि पुनः दर्ता प्रक्रिया निरन्तर चल्ने व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलले जानकारी दिए।
प्रकाशित मिति : सोमबार, पौष २८, २०८२ |
९:२२:०७
4049



















