प्रतिनिधिसभा निर्वाचन: १६५ सिटका लागि ३,४८४ जनाको उम्मेदवारी
प्रकाशित मिति: बुधबार, माघ ०७, २०८२ | १४:०४:१२
चितवन, ०७ माघ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता सम्पन्न भएको छ। प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट उम्मेदवारी दर्ता गरिएको हो।
निर्वाचन आयोगको प्रारम्भिक विवरणअनुसार देशभर कुल ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ३९५ महिला, ३ हजार ८८ पुरुष र अन्य एक जना उम्मेदवार रहेका छन्।
राजनीतिक दलका तर्फबाट २ हजार २९७ जनाले उम्मेदवारी दिएका छन्, जसमा २३५ महिला र २ हजार ६२ पुरुष छन्। त्यसैगरी, १ हजार १८७ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।
प्रकाशित मिति : बुधबार, माघ ०७, २०८२ |
१४:०४:१२
4225



















