प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फ ४० लाख मतपत्र छपाइ सम्पन्न
प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२ | ११:३६:३०
चितवन, २० माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (FPTP) प्रणालीतर्फ ३९ लाख ९८ हजार मतपत्र छापिएको छ।
निर्वाचन आयोगका अनुसार ३० जिल्लाका मतपत्र छपाइको काम सम्पन्न भइसकेको छ। आयोगले जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा मतपत्र छपाइको कार्य नियमित रूपमा भइरहेको जनाएको छ। यसअघि समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड ८ लाख ३० हजार मतपत्र छपाइ पूरा भइसकेको थियो।
त्यसैगरी, मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्रको छपाइसमेत सम्पन्न भएको आयोगले जानकारी दिएको छ।
प्रकाशित मिति : मंगलबार, माघ २०, २०८२ |
११:३६:३०
4511




















