टी–२० विश्वकपमा तीन खेल: अफगानिस्तान–यूएई, इंग्ल्यान्ड–इटाली र अस्ट्रेलिया–श्रीलंका आमनेसामने
प्रकाशित मिति: सोमबार, फाल्गुण ०४, २०८२ | १०:२१:२९
चितवन, ०४ फाल्गुण । आईसीसी टी–२० विश्वकपअन्तर्गत सोमबार तीन रोमाञ्चक खेल हुँदैछन्।
पहिलो खेल समूह ‘डी’ अन्तर्गत अफगानिस्तान र यूएईबीच हुनेछ। भारतको दिल्लीमा हुने उक्त खेल बिहान ११:१५ बजे सुरु हुनेछ। यस विश्वकपमा अफगानिस्तानले अहिलेसम्म जित निकाल्न सकेको छैन भने दुई अंक जोडेको यूएई समूहको तेस्रो स्थानमा छ।
दोस्रो खेल समूह ‘सी’ का इंग्ल्यान्ड र इटालीबीच हुनेछ। भारतको इडन गार्डेनमा हुने यो खेल दिउँसो ३:१५ बजे सुरु हुनेछ। समूह चरणको अन्तिम खेल खेल्न लागेको इंग्ल्यान्ड एक हारपछि जित निकाल्दै सुपर आठमा स्थान बनाउन चाहन्छ। पहिलो पटक विश्वकपमा सहभागी इटाली भने प्रतियोगितामा दोस्रो जितको खोजीमा रहनेछ।
तेस्रो खेलमा सोमबार साँझ ७:१५ बजे अस्ट्रेलिया र श्रीलंका आमनेसामने हुनेछन्। यो खेल पनि निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति : सोमबार, फाल्गुण ०४, २०८२ |
१०:२१:२९
749





















