बागमती प्रदेशसभाको बैठक वैशाख ६ मा, विधेयकमाथि छलफल हुने
प्रकाशित मिति: शुक्रबार, बैशाख ०४, २०८३ | १५:३०:२६
चितवन, ०४ बैशाख । वैशाख ६ गते बिहान ११ बजे बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ। बैठकमा अघिल्लो बैठकमा पेश भएका विधेयकहरूमा सैद्धान्तिक छलफल गरिनेछ।
छलफलपछि ती विधेयकहरूलाई विस्तृत अध्ययनका लागि विभिन्न समितिहरूमा पठाइनेछ। समितिहरूले दफाबार छलफल गरी सुझावसहित प्रतिवेदन तयार पार्ने लक्ष्य रहेको सचिव रामकुमार पौडेलले बताएका छन्।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०४, २०८३ |
१५:३०:२६
1






















