बैतडीमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चार जना घाइते
प्रकाशित मिति: शुक्रबार, बैशाख ०४, २०८३ | १७:५८:३९
चितवन, ०४ बैशाख । बैतडीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
आज दिउँसो करिब १:३० बजे सुर्नया गाउँपालिका–८ स्थित ढोल्यामोड–पुर्चौडी सडकखण्डमा भएको दुर्घटनामा ३४ वर्षीय जनक लुहारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
श्रीभावरबाट पुर्चौडीतर्फ जाँदै गरेको अमिर कठायतले चलाएको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका लुहारको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा अमिर कठायतसहित चार जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०४, २०८३ |
१७:५८:३९
1
























