दुर्घटनामा ज्यान गुमाएका इन्स्पेक्टर अभय लामाको अन्त्येष्टि
प्रकाशित मिति: शुक्रबार, बैशाख ०४, २०८३ | १३:०७:४१
चितवन, ०४ बैशाख । सवारी दुर्घटनामा निधन भएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको आज स्वयम्भू स्तूपमा बौद्ध संस्कारअनुसार अन्त्येष्टि गरिएको छ।
अन्त्येष्टिमा गृहमन्त्री सुधन गुरुङ सहभागी भई स्वयंले शव बोकेका थिए। साथै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पनि उपस्थित भई श्रद्धाञ्जली अर्पण गरेका थिए।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका लामाको उपचारका क्रममा बीएन्डबी अस्पतालमा मंगलबार बिहान निधन भएको थियो।
उनी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत थिए ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०४, २०८३ |
१३:०७:४१
595


















