प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मीलाई, सुदूरपश्चिम ५ विकेटले पराजित
प्रकाशित मिति: शुक्रबार, बैशाख ०४, २०८३ | १७:४९:०९
चितवन, ०४ बैशाख । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ। फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ५ विकेटले हराउँदै आर्मी च्याम्पियन बनेको हो।
१६२ रनको लक्ष्य पछ्याएको आर्मीले ३४.३ ओभरमा ५ विकेट गुमाएर सहज जित निकालेको थियो। इम्रान शेखले सर्वाधिक ४६ रन बनाउँदै जितमा महत्वपूर्ण भूमिका खेले।
यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३९.४ ओभरमा सबै विकेट गुमाएर १६१ रन मात्र बनाउन सफल भयो।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०४, २०८३ |
१७:४९:०९
287

























