संसदीय समितिका सभापति चयनका लागि आज निर्वाचन, १२ समितिमा प्रतिस्पर्धा
प्रकाशित मिति: शुक्रबार, बैशाख ०४, २०८३ | १५:०९:१५
चितवन, ०४ बैशाख । सङ्घीय संसद्का १२ वटा विषयगत समितिका सभापति चयनका लागि आज सम्बन्धित समितिका बैठक बस्दैछन्।
प्रतिनिधिसभाका १० र प्रतिनिधिसभा तथा राष्ट्रियसभाको संयुक्त २ समितिमा सभापति चयन हुने कार्यक्रम रहेको छ।
अर्थ समितिमा डा. कृष्णहरि बुढाथोकी, अन्तरराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रहवर अन्सारी उम्मेदवार रहेका छन्। त्यसैगरी कानुन, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, राज्यव्यवस्था तथा सुशासन समितिमा हरि ढकाल र सार्वजनिक लेखा समितिमा भरतबहादुर खड्काले उम्मेदवारी दिएका छन्।
निर्वाचित सभापतिहरूको शपथ आजै अपराह्न ४ बजे डोलप्रसाद अर्यालद्वारा गराइनेछ।
प्रकाशित मिति : शुक्रबार, बैशाख ०४, २०८३ |
१५:०९:१५
199























