नक्कली नोटसहित चार जना पक्राउ
प्रकाशित मिति: बिहिबार, बैशाख ०३, २०८३ | १८:१२:२३
चितवन, ०३ बैशाख । नक्कली नेपाली नोटको कारोबार भइरहेको भन्ने सूचनापछि प्रहरीले सक्रियता बढाउँदै चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालयले चैत २२ र २६ गते भैरहवा र सैनामैना क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ परेकाहरूसँग १ हजार दरका २१ थान नक्कली नोट बरामद भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बिहिबार, बैशाख ०३, २०८३ |
१८:१२:२३
199



















