नेप्से परिसूचक ३८.५२ अंकले बढेर २,७१२.४९ मा कायम
चितवन, १९ फाल्गुण। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ३८ दशमलव ५२ अंकले वृद्धि हुँदै २,७१२ दशमलव ४९ को स्तरमा पुगेको छ। नेप्से परिसूचकमा आज १.४४ प्रतिशतको वृद्धिदेखिएको छ।
आज ३२९ कम्पनीका करिब १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक किनबेच हुँदा रु ८ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० बराबरको कारोबार भएको छ।
व्यापार समूहमा मात्र ०.८४ प्रतिशतले घटेको देखिएको छ भने सबै अन्य समूहको परिसूचक वृद्धि भएको छ। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत् र लगानी समूहमा क्रमशः १.६४%, १.५९%, १.४३%, १.६०%, २.१३%, र ०.५२% को वृद्धि देखिएको छ।
सलपा विकास बैंक लिमिटेडको शेयर मूल्य ९.९९% ले सबैभन्दा बढी बढेको छ भने शुभम् पावर लिमिटेडको शेयर मूल्य २.३२% ले सबैभन्दा धेरै घटेको छ। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड सबैभन्दा अगाडि रह्यो, जसको रु ३४ करोड ६५ लाख ३० हजार ३७९ बराबरको ९ लाख ३६ हजार ३४७ कित्ता शेयर किनबेच भयो।























