बर्दिया निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता
प्रकाशित मिति: सोमबार, चैत्र ०२, २०८२ | १५:१४:४६
चितवन, ०२ चैत्र । सिकार खेल्नका लागि बर्दिया राष्ट्रिय निकुञ्ज पुगेका सुर्खेतका पाँच जना बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती र ३० वर्षीय सुनिल समसेली रहेका छन्।
यस्तै लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बसोबास गर्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि बेपत्ता भएका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाका अनुसार आइतबार बेलुका करिब ५ बजे सिकार खेल्न गएका व्यक्तिहरू बेपत्ता भएको सूचना प्राप्त भएको थियो।
प्रहरी सहायक निरीक्षक टोपेन्द्रसिंह ठकुरीको कमाण्डमा चार जनाको प्रहरी टोली खोजी कार्यमा खटिएको छ। साथै घटनाबारे जिल्ला प्रहरी कार्यालय बर्दियालाई पनि जानकारी गराइएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : सोमबार, चैत्र ०२, २०८२ |
१५:१४:४६
749























